शाइन रेसुंगा डेभलपमेन्ट बैंकको २० हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको २० हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

बैंकले भदौ ८ गतेदेखि संस्थापक समूहको सेयर लिलामीमार्फत बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १४५ रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।

न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, ट्रेड टावर थापाथली काठमाडौंमा बुझाउन सकिनेछ ।

Comments

Back to top