स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३८ औँ वार्षिक साधारण सभा मंसिर २५ गते
स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेडको लाभांश प्रस्ताव सहित मंसिर २५ गते वार्षिक साधारण सभा बस्ने भएको छ । साधारण सभामा बैंकले ६.५० प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद (करसहित) गरी कुल २५.५० प्रतिशत वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह लगायत विवरणमा छलफल गरी पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि यस बैंकले मंसिर १२ गते बुधबार बुक क्लोज गर्ने भएको छ ।
मंसिर ११ गते मंगलबारसम्म कायम रहने सेयरधनीले सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
यसअघि बुक क्लोज मिति मंसिर ६ गते भनेर सार्वजनिक भएको सूचना सच्याइएको बैंकले जनाएको छ । साधारण सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान साढे ९ बजे सुरु हुनेछ ।
एजेन्सी
Comments