दिल्लीमा वायु प्रदूषण गर्ने सवारीलाई एक सय ६४ करोड जरिबाना

भारतको दिल्ली ट्राफिक पुलिसले लगातार प्रदूषण नियन्त्रण गर्न काम गरिरहेको छ। ट्राफिक प्रहरीले प्रदूषण नियन्त्रण प्रमाणपत्र (पीयूसी) बिना चल्ने सवारी साधनमाथि अहिले निकै कडाइ गरिरहेको छ । 

ट्राफिक प्रहरीको तथ्यांकअनुसार अक्टोबर १ देखि नोभेम्बर २२ सम्म अर्थात् ५३ दिनमा एक लाख ६४ हजार सवारीसाधनबाट १६४ करोड भारतीय रुपैयाँ राजश्व संकलन गरिएको छ ।

नोभेम्बर १८ देखि ग्रेप ४ लागू भएपछि हालसम्म २० हजार ७४३ चलान जारी गरिएको छ। यस बाहेक ७ सय ३६ पुराना सवारीसाधन नियन्त्रणमा लिएका छन् । 

१३ हजार ७२६ गैर लक्ष्य ट्रकलाई अक्टोबर १५ सम्ममा दिल्ली सीमाबाट फिर्ता गरिएको थियो ।

एजेन्सी

Comments

Back to top