नेप्से इन्ट्राडे अपडेट: १८.९७ अंकको वृद्धि!
सोमबारको इन्ट्राडेमा नेप्से परिसूचक १८.९७ अंकले बढेको छ।
दुई घण्टामा नेप्से १८.९७ अङ्कले बढेर २,६८६.३८ मा आएको हो। २९७ कम्पनीको ५,१८६,९८९ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग २ अर्ब ६५ करोड १९ लाख बराबरको कारोबार भएको छ।
यसदिन दिन टप गेनरमा एनएलजी इस्योरेन्स कम्पनी लिमिटेड र थ्री स्टार हाइड्रोपावर लिमिटेड रहेका छन् जसको सेयर मूल्यमा ६.०१% वृद्धि भएको छ भने टप लुजरमा न्यादी ग्रुप पावर लिमिटेड रहेको छ जसको सेयर मूल्य ७.५२% ले घटेको छ।
Comments