नेप्सेमा १५.८३ अंकको वृद्धि , सेयर कारोबार ६ अर्ब ३४ करोड!
सोमबार नेप्से परिसूचक १५.८३ अंकले बढेर २,६८३.२४ विन्दुमा पुगेको छ।
यस दिन कारोबार भएका ३०९ कम्पनीको कुल १ करोड २२ लाख ६३ हजार ७८० कित्ता सेयरको करिब ६ अर्ब ३४ करोड ५८ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १६९ कम्पनीको सेयर मूल्य बढेको छ, ६७ कम्पनीको मूल्यमा गिरावट छ भने ९ कम्पनी स्थिर रहे।
यस दिन कारोबार भएका ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ।
प्रमुख कारोबार
यस दिन टप गेनरमा बेस्ट फाइनान्स् लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ९.९१ प्रतिशतले बढेको छ। टप लुजरमा न्यादी ग्रुप पावर लिमिटेड रहेको छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा न्यादी ग्रुप पावर लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५४ करोड ७ लाख बराबरको सेयर कारोबार भएको छ।
Comments