वायनाडमा ४ लाख मतान्तरसहित प्रियंका गान्धी विजयी
भारतको केरला राज्यको वायनाड लोकसभा सीटमा कांग्रेस उम्मेदवार प्रियंका गान्धी विजयी भएकी छन् ।
निर्वाचन आयोगको वेबसाइटका अनुसार सीपीआईका उम्मेदवार सत्यन मोकेरीलाई ४ लाख मतान्तरले हराउँदै गान्धी विजयी भएकी हुन् ।
मोकेरीले दुई लाख ११ हजार मत ल्याएका छन् भने भाजपा उम्मेदवार नव्य हरिदास १ लाख मत पाएकी छन् ।
राहुल गान्धीले वायनाड सिट छोडेपछि प्रियंका गान्धी यहाँबाट उपचुनावमा लडेकी हुन् ।
यस वर्ष जुनमा भएको चुनावमा राहुल गान्धीले वायनाड सिटमा ३ लाख ६४ हजारभन्दा बढी मतान्तरले विजयी भएका थिए । उनले ६ लाख ४७ हजारभन्दा बढी मत पाएका छन् ।
एजेन्सी
Comments