फरवार्ड माइक्रोफाइनान्सको साधारण सभा मंसिर २८ गते
फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश लगायतका प्रस्तावहरु पारित गर्न साधारण सभा आह्वान गरेको छ ।
फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट १४५ लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीले १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशतनगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण हुनेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर १४ गते बुक क्लोज गर्ने जनाएको छ ।
कम्पनीको लाभांश पाउन तथा साधारण सभामा भाग लिन मंसिर १३ गतेभित्र सेयरधनी कायम हुनुपर्नेछ ।
संस्थाको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले यही मंसिर २८ गते शुक्रबार बिहान ११ बजे दिनेश चौधरी स्मृति प्रतिष्ठान सुनसरीमा गर्ने निर्णय गरेको छ ।
एजेन्सी
Comments