सन नेपाल लाइफको आईपीओ बाँडफाँड सम्पन्न, ७ लाख ६८ हजारले पाए शेयर

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न गरेको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले आज शुक्रबार बिहान शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आईपीओमा कुल १४ लाख ६६ हजार ८ सय ६२ जनाले आवेदन दिएका थिए । जस मध्ये ६ हजार ८ सय १ जनाको आवेदन रद्द भएको छ। योग्य रहेका १४ लाख ६० हजार ६१ जनालाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ । जसबाट ७ लाख ६८ हजार हजार जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकी आवेदक भने हात खाली भएका छन् ।

 

Comments

Back to top