हिमालयन ८०-२० म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन

हिमालयन क्यापिटलको म्युचुअल फण्ड ८०-२० मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। क्यापिटलले हिमालयन म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरि हिमालयन ८०-२० नामक बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्काशन गरेको थियो । 

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन गरेको छ । जसमध्ये  १ करोड ५० लाख इकाई कोष प्रवर्धक हिमालयन बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्ने क्यापिटलले जनाएको छ । 

उक्त फण्डमा न्युनतम १०० इकाई र अधिकतम १ करोड ईकाईको लागि दिन सकिनेछ ।  फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

Comments

Back to top