महालक्ष्मी र लुम्बिनी विकास बैंकको ऋणपत्र सूचीकृत

नेप्सेमा महालक्ष्मी र लुम्बिनी विकास बैंकको ऋणपत्र सूचीकृत भएको छ ।

महालक्ष्मीको १० लाख इकाई डिबेन्चर सूचीकृत भएको छ । यस बैंकले गत चैत २९ गतेदेखि बैशाख ४ गतेसम्म १० वर्ष अवधिको ‘११५ महालक्ष्मी डिबेन्चर २०८९’ जारी गरेको हो । यसमा वार्षिक ११५ ब्याजदर दिने बैंकले जानकारी दिएको छ ।

त्यस्तै, लुम्बिनी विकास बैंकको पनि १० लाख इकाई डिबेन्चर सूचीकृत भएको हो । बैंकले गत जेठ १६ गतेदेखि जेठ २५ गतेसम्म १० वर्ष अवधिको ‘११५ एलबीबीएल डिबेन्चर २०८९’ जारी गरेको हो । यसमा वार्षिक ११५ ब्याजदर दिने बैंकले जानकारी दिएको छ ।

Comments

Back to top