सामान्य अंकले घट्यो बजार, कारोबार १ अर्ब १३ करोड!

बुधबार पनि सेयर बजार ओरालो लागेको छ। आज नेप्से परिसूचक २.८२ अंकले घटेर १९९०.५९ विन्दुमा झरेको छ।

यस दिन कुल ३८ लाख ३ हजार २४४ कित्ता सेयर १ अर्ब १३ करोड रुपैयाँमा खरिदबिक्री भयो।

कारोबार भएका २७६ कम्पनीमध्ये ७९ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ, १३१ कम्पनी मूल्यमा गिरावट आएको छ भने १९ कम्पनीको मूल्य स्थिर रहेकाे छ।

यस दिन ११ उप-सूचकहरु नकारात्मक रहेका छन् भने २ उप-सूचक सकारात्मक रहेका छन्।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा सिटी होटल लिमिटेड रहेकाे छ जसको ९.८८% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा सिद्धार्थ इक्विटी फण्ड रहेकाे छ जसको सेयर मूल्य ७.९४% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा यसदिन माछापुच्छ्रे बैँक शीर्ष स्थानमा रह्यो। यस कम्पनीको १० करोड मूल्य बराबरको सेयर कारोबार भयो। 

Comments

Back to top