हकप्रद शेयर खुलेको जानकारी अब मोबाईलमै, मेरो शेयरमा आधिकारी नम्बर राख्न सीडीएससीको आग्रह

सीडीएससीले मंगलबारदेखि खुलेका हकप्रद सेयरको जानकारी मोबाइलमार्फत नै दिन सुरु गरेको छ । सीडीएससीले सम्बन्धित कम्पनीहरुसँग समन्वय गरी यस्तो व्यवस्था लागू गरेको जानकारी दिएको छ ।

पहिलोपटक सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको हकप्रद निष्काशनको लागि सीडीएससीले एसएमएस एलर्ट पठाएको छ । कम्पनीले ७५ हजारजति लगानीकर्ताको जानकारी पठाए अनुसार एसएमएस पठाइएको उनले बताए ।

यसअघि मेरो लगानीले हकप्रद निष्काशनको जानकारी सीडीएससीले मोबाइल एसएमएस एलर्टमार्फत दिनुपर्ने समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएको केही हप्तापछि नै सीडीएससीले यो एसएमएस एलर्ट सेवा शुरु गरेको हो ।

सीडीएससीले यसरी म्यासेज पठाउँदा लाग्ने लागत रकम सम्बन्धित कम्पनीबाट लिनेछ। ‘हामीले समन्वय गरेर लगानीकर्तालाई हकप्रद निष्कासनको जानकारीमात्र दिने हो’, उनले भने।

त्यसो सबै कम्पनीको हकप्रद निष्कासनको सूचना सीडीएससीले नै लगानीकर्तालाई म्यासेज पठाएर दिनुपर्ने अनिवार्यता भने छैन। ‘कम्पनी स्वयंले आफैँ लगानीकर्तालाई हकप्रद निष्कासनबारे म्यासेज पठाएर जानकारी दिन सक्छन्’, आचार्यले भने, ‘यदि कम्पनीहरुले हकप्रद निष्कासन जानकारी गराइदिन आग्रह गरेमा मात्रै सीडीएससीले यो कार्य गर्ने हो।’

Comments

Back to top