एनएलजी इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने

एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । इस्योरेन्सले  हकप्रद शेयर निष्काशनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा भाद्र १० गते कम्पनी र क्यापिटलबीच हकप्रद शेयर निष्काशन तथा बिक्री सम्बन्धी सम्झौतापत्रमा सम्पन्न भएको हो ।

सम्झौतापत्रमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।

यस एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हालको पुँजी १ अर्ब ४५ करोडको प्रति शेयर अंकित १ सय रुपैयाँको दरले १० कित्ता शेयरको ६.६ को अनुपातमा ९६ लाख ३१ हजार २ सय २० दशमलव २२ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

Comments

Back to top