सन नेपाल लाइफको आईपीओ शुक्रबार बिहान बाँडफाँड हुने

कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बाँडफाँडको मिति शुक्रबार बिहान तय गरेको छ ।

कम्पनीको आइपीओमा हालसम्म १५ लाख ८० हजार ४९० जनाले आवेदन दिएका छन् । कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेको कारण बाँडफाँड गर्न लागेको हो ।

कम्पनीको आइपीओमा साढे १५ लाखले ४ अर्ब २६ करोड ८६ लाख ४० हजार ३८० रुपैयाँ बराबरको १ करोड ७८ लाख ६० हजार ४२० कित्ताका लागि निवेदन दिएका हुन् ।

Comments

Back to top