१ अर्ब पनि पुगेन कारोबार रकम, लगानिकर्ता अन्योलमा !

सोमबार नेप्से परिसूचक ५.०९ अंकले बढेता पनि कारोबार रकममा भने निरासा छाएको छ । २५ दिनको लगातार गिरावट पछि नेप्सेमा आज डोजी क्यान्डलको निर्माण भए संगै २५ दिन यताकै न्यून भोल्युम आएको छ, यसले लगानिकार्ताहरु माझ अन्योलता छाएको कुरा देखाउँछ ।

आज नेप्से परिसूचक १९९८.४८ को बिन्दुमा क्लोज भएको छ जसमा कुथेली बुखारी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किटको लेभलमा कारोबार भएको छ । समग्रमा ९८ करोड ८६ लाख रुपैयाँ बराबरको भोल्युम बजारमा आएको छ, यसले बजारमा लगानिकार्ताहरु पर्ख र हेर को अवस्थामा छन भन्ने जानाउँछ । घट्दो भोल्युमले बजार साइडवेजमा रहेको र करेक्सनको अन्त्य नजिकिँदै गएको कुरा पनि जानकारी गराउँछ ।

हाल ०.६१८ फिबोनाकी लेबल को नजिक नेप्से परिसूचक रहेको हुनाले सोहि लेबल बाट नेप्से फर्किन सक्ने कुराको पनि उतिकै महत्व रहेको छ।

Comments

Back to top