सोमबार सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकममा भने गिरावट!

सोमबार नेप्से परिसूचक ५.०९ अंकले बढेर १९९८.४८ विन्दुमा पुगेको छ।

कुल ३६ लाख ७० हजार ७३१ कित्ता सेयर ९८ करोड ८६ लाख रुपैयाँमा खरिदबिक्री भयो।

कारोबार भएका २७९ कम्पनीमध्ये ११८ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ, ९७ कम्पनी मूल्यमा गिरावट आएको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेकाे छ।

यस दिन ९ उप-सूचकहरु सकारात्मक रहेका छन् भने ४ नकारात्मक रहेका छन्।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा कुथेली बुखरी स्मल हाइड्रोपावर रहेकाे छ जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा स्वाभिमान लघुवित्त वित्तीय संस्था रहेकाे छ जसको सेयर मूल्य ४.३८% ले घटेको छ। कारोबार रकमका आधारमा यसदिन लक्ष्मी सनराइज बैँक शीर्ष स्थानमा रह्यो। यस कम्पनीको ७ करोड ३१ लाख मूल्य बराबरको सेयर कारोबार भयो। 

Comments

Back to top