नेप्से इन्ट्राडे अपडेट: १३.४४ अंकको वृद्धि!

सोमबारको इन्ट्राडेमा नेप्से परिसूचक १३.४४ अंकले बढेको छ।

१ बजेसम्म नेप्से १३.४४ अङ्कले बढेर २००६.८३ मा आएको हो। २६६ कम्पनीको १,६८८,६१९ कित्ता सेयरको कारोबार भएको छ। यो अवधीसम्म लगभग ३८ करोड ३२ लाख बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा कुथेली बुखरी स्मल हाइड्रोपावर रहेको छ भने टप लुजरमा इर्स्टन हाइड्रो पवार लिमिटेड रहेको छ।

Comments

Back to top