कुमारी क्यापिटलका दुई योजनाको बुक क्लोजको मिति तय

कुमारी क्यापिटल लिमिटेडका दुई योजनाले बुक क्लोजको मिति तय गरेका छन् । कुमारी इक्वीटी फण्ड र कुमारी धनवृद्धि योजनाले लाभांश वितरणका लागि बुक क्लोज मिति तय गरेका हुन् । 

यी दुबै फण्डहरुले भदौ १८ गते बुकक्लोज गर्ने भएका हुन् । यस अनुसार भदौ १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी फण्डहरुको प्रतिफल प्राप्त गर्न सक्नेछन्।

“कुमारी सामूहिक लगानी कोष” अन्तर्गत सञ्चालित योजना कुमारी इक्वीटी फण्डले १० प्रतिशत (कर सहित) र कुमारी धनवृद्धि योजनाले ६ प्रतिशत (कर सहित) का दरले इकाईधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । 

Comments

Back to top