लक्ष्मी सनराइज बैंकको सेयर नेप्सेमा सूचीकृत, आजदेखि दोस्रो बजारमा कारोबार सुरु हुने

सनराइज बैंकको २१ करोड ६७ लाख २ हजार ३७९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

तत्कालीन लक्ष्मी र सनराइज बैंक एक आपसमा मर्ज भएपश्चात यो सेयर लक्ष्मी सनराइज बैंकको नाममा सूचीकृत भएको हो ।

अब दुवै बैंकका सेयरधनीले लक्ष्मी सनराइज बैंकको नामबाट सेयर कारोबार गर्न सक्नेछन् । आज सोमबारबाट यस बैंकको कारोबार सुचारु हुनेछ ।

नेप्सेले बैंकको पहिलो कारोबारको लागि १७३ रुपैयाँ ५ पैसा सुरुवाती मूल्य तोकेको छ । तत्कालीन लक्ष्मी र सनराइज बैंक १ः१ अनुपातमा मर्ज भएर असार २९ गतेबाट एकीकृत कारोबार सुरु भएको हो । अब यसलाई ‘एलएसएल’ संकेत प्रदान गरिएको छ ।

Comments

Back to top