सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँटको मिति तय

सन नेपाल लाइफ इन्स्योरेन्सले आईपीओ बाँडफाँटको मिति तय गरेको छ । कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको सो आईपीओ बुधबार बाँडफाँट हुने भएको हो ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथा विधिबाट १० कित्ताका दरले शेयर वितरण हुनेछ । १० कित्ताका दरले शेयर बाँडफाँट गर्दा ७ लाख ६८ हजार जनाले मात्रै सो शेयर पाउने भएका छन् । 

कम्पनीले असार ३२ गतेदेखि सर्वसाधारणलाई  ९६ लाख कित्ता आईपीओ निष्काशन गरेको थियो ।कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २३९ रुपैयाँमा शेयर निष्काशन गरेको हो । सोही आईपीओ बुधबार बाँडफाँट गर्न लागेको कम्पनीले जनाएको छ । 

Comments

Back to top