नेप्सेमा २०.५४ अंकको गिरावट, कुथेली बुखरी स्मल हाइड्रोपावरमा पोजेटिभ सर्किट!

सेयर बजारको ओरालो यात्रा अझै रोकिएको छैन। आइतबार नेप्से परिसूचक २०.५४ अंकले घटेर १९९३.३८ विन्दुमा झरेको छ।

कुल ३८ लाख ९५ हजार २३६ कित्ता सेयर १ अर्ब २६ करोड २७ लाख रुपैयाँमा खरिदबिक्री भयो।

कारोबार भएका २८० कम्पनीमध्ये २८ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ, १९५ कम्पनी मूल्यमा गिरावट आएको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेकाे छ।

यस दिन १२ उप-सूचकहरु नकारात्मक रहेका छन्, म्युचुअल फण्डको सूचक भने सकारात्मक रहेको छ।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा कुथेली बुखरी स्मल हाइड्रोपावर रहेकाे छ जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा मकर जितुमाया सुरी हाइड्रो पावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ९.६३% ले घटेको छ। कारोबार रकमका आधारमा यसदिन एसियन लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रह्यो। यस कम्पनीको ७ करोड ४६ लाख मूल्य बराबरको सेयर कारोबार भयो। भोल्यूममा सबैभन्दा धेरै माछापुच्छ्रे बैँकको कारोबार भएको छ।

Comments

Back to top