मल्टीपर्पस फाइनान्सको आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला, भदौ ३१ गतेसम्म आवेदन दिन सकिने

मल्टीपर्पस फाइनान्सले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। फाइनान्सले हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो।

फाइनान्सले हाल कायम १०० कित्ता शेयर बराबर नयाँ ३५ कित्ता शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार फाइनान्सले हाल कायम चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँको ३५ प्रतिशत अर्थात १५ करोड ८२ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १५ लाख ८२ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ फाइनान्सले साउन १२ गते बुकक्लोज गरेको थियो। यस अनुसार साउन ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। फाइनान्सको हकप्रद शेयरमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ।

 

Comments

Back to top