अपर तामाकोशी हाइड्रोपावरको साधारणसभा सम्पन्न, यी प्रस्तावहरु पारित

अपर तामाकोशी हाइड्रोपावरको साधारणसभा सम्पन्न भएको छ । कम्पनीले बुधबार कमलादी स्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा आर्थिक वर्ष २०७८ र ७९ को साधारणसभा सम्पन्न गरेको हो।

सभाले आर्थिक वर्ष २०७८ र ७९ को वार्षिक प्रतिवेदन,र लेखापरीक्षणको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७८र७९ को नाफार (नोक्सान) हिसाब, नगद प्रवाह विवरण पारित गरेको छ ।

साधारणसभाले आयोजना प्रभावित दोलखा जिल्लास्थित विभिन्न सामाजिक संस्थाहरू लगायत अन्य संस्थाहरूलाई सञ्चालक समितिको विभिन्न मितिको निर्णय र व्यवस्थापनलाई प्राप्त अख्तियारीभित्र रही आ.व. २०७८ र ७९ मा आर्थिक सहयोग उपलब्ध गराइएको रकम अनुमोदन गर्ने प्रस्ताव पनि पारित गरेको छ।

कम्पनीले भदौ १८ गतेदेखि हकप्रद निष्काशन गर्दै छ । कम्पनीले १:१ को अनुपातमा अर्थात १ कित्ता शेयर बराबर १ कित्ता शेयरका दरले शतप्रतिशत हकप्रद जारी गर्न लागेको हो । कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरले हुने दश अर्ब उनान्साठ्ठी करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस हकप्रदमा असोज ७ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले हकप्रद निष्काशनको लागि साउन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

यस संगै साउन २५ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।

Comments

Back to top