नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको लगभग ३ लाख ७१ हजार संस्थापक सेयर बिक्रीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख ७१ हजार १८१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

सेयर खरिद गर्न इच्छुक विद्यमान सेयरधनीले आवश्यक कागजात सहित सूचना प्रकाशित मिति (भदौ ८) ले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, दरवारमार्ग काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

तोकिएको समयावधिभित्र पनि सेयर खरिदको लागि कुनै आवेदन नपरेमा सो सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकिया अगाडि बढाइने समेत बैंकले जनाएको छ ।

Comments

Back to top