समता घरेलु लघुवित्त र मनकामना स्मार्ट लघुवित्त मर्जरमा जाँदै, मनकामनाको कारोबार रोक्का
समता घरेलु लघुवित्त र मनकामना स्मार्ट लघुवित्त एक अर्कामा गाभिने भएका छन् । समताले मनकामना लघुवित्तलाई गाभ्ने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर भएकाे छ ।
समतासँग गाभिने सम्बन्धी सझौता भएसँगै मनकामना लघुवित्तको शेयर दोस्रो बजारमा रोक्का हुने भएको छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बमोजिम बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी विनियमावली एवं धितोपत्र सम्बन्धी तथा अन्य प्रचलित कानुन र नेपाल राष्ट्र बैंकको नीति निर्देशन अनुसार प्राप्ति सम्बन्धी प्रकृया अघि बढेको हो ।
Comments