नेप्सेमा उच्च अंकको गिरावट, कारोबार १ अर्ब ५५ करोड!
बिहिबार नेप्से सूचक उच्च अंकले घटेको छ। यसदिन नेप्से परिसूचक ३१.५२ अंकले घटेर २०१३.९३ विन्दुमा झरेको छ।
कुल ४६ लाख ५७ हजार १३७ कित्ता सेयर १ अर्ब ५५ करोड ५ लाख रुपैयाँमा खरिदबिक्री भयो।
कारोबार भएका २७५ कम्पनीमध्ये १७ कम्पनी उकालो लागेका छन्, २०६ कम्पनी ओरालो लागेका छन् भने ४ कम्पनी स्थिर रहेका छन्।
यस दिन सबै उप-सूचकहरु नकारात्मक रहेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा कुथेली बुखरी स्मल हाइड्रोपावर रहेकाे छ जसको ९.९९% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा मोलुङ्ग हाइड्रो पावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ८.५४% ले घटेको छ। कारोबार रकमका आधारमा यसदिन सोल्टी होटल लिमिटेड शीर्ष स्थानमा रह्यो। यस कम्पनीको ७ करोड ८७ लाख मूल्य बराबरको सेयर कारोबार भयो।
Comments