भिजन लुम्बिनी उर्जा कम्पनीलाई आइपीओ निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति
नेपाल धितोपत्र बोर्डले भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडलाई आइपीओ बिक्री गर्न अनुमति दिएको छ । कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणका लागि कुल ३८ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्न बोर्डले अनुमति दिएको हो ।
कुल कित्तामध्ये कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुन आउने १९ लाख १२ हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र कास्कीको माछापुच्छ्रे गाउँपालिकाको वडा नं १,२,३,४ र पोखरा महानगरपालिकाको वडा नं १९ का स्थानिय बासिन्दाका लागि जारी गर्नेछ।
बाँकी १० प्रतिशतमध्येको १० प्रतिशतले हुन आउने १ लाख ९१ हजार २ सय ५० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी बिदेशमा बसी रोजगार गरिरहेका नेपालीका लागि, ५ प्रतिशत अर्थात ९५ हजार ६२५ कित्ता साधारण सेयर सामुहिक लगानी कोष, २ प्रतिशत अर्थात् ३८ हजार २५० कित्ता कम्पनीमा कार्यरत कर्मचारीका लागि र बाँकी १५ लाख ८७ हजार ३७५ कित्ता साधारण सेयर सर्वसाधारणहरुका लागि निष्कासन गर्नेछ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
Comments