नेप्सेमा २९.४७ अंकको वृद्धि, लगानीकर्ताको आकर्षण कुथेली बुखरी स्मल हाइड्रोपावर!

बुधबार पनि नेप्से उकालो लागेको छ। यसदिन नेप्से परिसूचक २९.४७अंकले बढेर २०४५.४५ विन्दुमा पेगेको छ।

कुल ४२ लाख ३७ हजार ०६९ कित्ता सेयर १ अर्ब ५१ करोड ४ लाख रुपैयाँमा खरिदबिक्री भयो।

कारोबार भएका २७३ कम्पनीमध्ये २०४ कम्पनी उकालो लागेका छन्, २० कम्पनी ओरालो लागेका छन् भने ३ कम्पनी स्थिर रहेका छन्।

यस दिन सबै उप-सूचकहरु सकारात्मक रहेका छन्।

प्रमुख कारोबार

 

आज नेप्से बजारको टप गेनरमा कुथेली बुखरी स्मल हाइड्रोपावर रहेकाे छ जसको ९.९९% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा सिटिजन्स सुपर ३० म्युचुअल फण्ड रहेकाे छ जसको सेयर मूल्य ७.४२% ले घटेको छ। कारोबार रकमका आधारमा यसदिन घाेराही सिमेन्ट इन्डस्ट्री लिमिटेड  शीर्ष स्थानमा रह्यो। यस कम्पनीको ७ करोड ५७ लाख मूल्य बराबरको सेयर कारोबार भयो। भोल्यूममा सबैभन्दा धेरै सोल्टी होटलको कारोबार भएको छ।

Comments

Back to top