नेप्से इन्ट्राडे अपडेट: १९.८५ अंकको वृद्धि!

बुधबारको इन्ट्राडेमा नेप्से बजार १९.८५ अंकले बढेको छ।

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९.८५ अङ्कले बढेर २०३५.८४ मा आएको हो। आज २ घण्टामा लगभग ५६ करोड ३७ लाख बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा कुथेली बुखरी स्मल हाइड्रोपावर रहेको छ भने टप लुजरमा सिटिजन्स सुपर ३० म्युचुअल फण्ड रहेको छ।

 

Comments

Back to top