मंगलबार नेप्से पुनः दुई हजारकै लाइनमा फर्कियो!

मंगलबार नेप्सेमा सुधार आएको छ। यसदिन नेप्से परिसूचक १७.६९ अंकले बढेर २०१५.९८ विन्दुमा पेगेको छ।

कुल ६० लाख ३१ हजार ३५६ कित्ता सेयर १ अर्ब ३३ करोड २५ लाख रुपैयाँमा खरिदबिक्री भयो।

कारोबार भएका २७७ कम्पनीमध्ये १८१ कम्पनी उकालो लागेका छन्, ४२ कम्पनी ओरालो लागेका छन् भने ४ कम्पनी स्थिर रहेका छन्।

यस दिन सबै उप-सूचकहरु सकारात्मक रहेका छन्।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा कुथेली बुखरी स्मल हाइड्रोपावर रहेकाे छ जसको ९.९८% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ४.४२% ले घटेको छ। कारोबार रकमका आधारमा यसदिन कुमारी बैँक लिमिटेडको प्रमोटर सेयर शीर्ष स्थानमा रह्यो। यस कम्पनीको २८ करोड ५९ लाख मूल्य बराबरको सेयर कारोबार भयो। 

Comments

Back to top