सोमबार पनि राताम्मै रह्यो सेयर बजार, १९९८ विन्दुमा झर्‍यो नेप्से!

आज सोमबार पनि नेप्सेमा राताम्मै रहेको छ। यसदिन नेप्से परिसूचक १२.९३ अंकले घटेर १९९८.२८ विन्दुमा झरेको छ।

कुल ४१ लाख ६३ हजार ८७२ कित्ता सेयर १ अर्ब ४० करोड ८९ लाख रुपैयाँमा खरिदबिक्री भयो।

कारोबार भएका २७२ कम्पनीमध्ये ४८ कम्पनी उकालो लागेका छन्, १७१ कम्पनी ओरालो लागेका छन् भने ७ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका सबै उप-समुहहरुको सूचक नकारात्मक रहेको छ ।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड र कुथेली बुखरी स्मल हाइड्रोपावर रहेकाे छ जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा मेन्छियाम हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ७.९९% ले घटेको छ। कारोबार रकमका आधारमा यसदिन शिवम् सिमेन्टस शीर्ष स्थानमा रह्यो। यस कम्पनीको ८ करोड २ लाख मूल्य बराबरको सेयर कारोबार भयो। आज सबैभन्दा धेरै भोल्यूममा शिवम् सिमेन्टसकै कारोबार भएको छ।

Comments

Back to top