हिमालयन "८०–२०” को इकाईका लागि आवेदन दिने म्याद थप
हिमालयन क्यापिटलले पहिलो पटक निष्कासन गरेको म्युचुअल फण्डमा आवेदन दिने म्याद थप भएको छ ।
गत बिहीबारदेखि निष्कासनमा ल्याएको पहिलो बन्दमुखी योजना “हिमालयन ८०–२०” मा अब भदौ १५ गतेसम्म आवेदन दिन सकिनेछ ।
हिमालयन बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको हिमालयन म्युच्युअल फण्ड अन्तगर्तको पहिलो बन्दमुखी योजना “हिमालयन ८०–२०” निष्काशन गरेको हो । क्यापिटलले कुल १ अर्ब रुपैयाँको १० करोड इकाई बिक्री खुला गरेको हो । यसमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत कोष प्रवर्द्धक हिमालयन बैंकलाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। यो म्युचुअल फन्डमा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईका लागि आवेदन दिन सकिनेछ ।
यो म्युचुअल फन्डमा आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत अनलाइन आवेदन दिन सकिन्छ । यस योजनाको परिवक्व हुने अवधि १० वर्षको रहेको छ ।
Comments