सन नेपाल लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

सन लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज भदौ ४ गते अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । सीडीएसका अनुसार भदौ ३ गते साँझ ५ः०६ बजेसम्ममा यस कम्पनीको आइपीओमा १२ लाख २१ हजार १४२ जना सर्वसाधारण आवेदकहरुले १ करोड ३९ लाख ५३ हजार ८९० कित्ताका लागि आवेदन दिइसकेका छन् । 

कम्पनीले आफ्नो जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ९६ करोड रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको हो । यसले प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँ दरमा ९६ लाख कित्ता आइपीओ सर्वसाधारणलाई निष्कासन गरेको हो । 

यसमध्ये १०% अर्थात् ९ लाख ६० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन भइसकेको छ । त्यस्तै, ५% अर्थात् ४ लाख ८० हजार कित्ता सेयर कर्मचारी र ५% (४ लाख ८० हजार कित्ता) सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ७६ लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । 

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई क्यापिटलले गरेको छ । 

Comments

Back to top