बजार घट्ने क्रम रोकिएन, कहाँ देखिन्छ अर्को सपोर्ट ?

२०२०को बिन्दुमा सपोर्ट लिने सम्भावना देखाएको बजारमा आज विक्रेता सक्रिय हुदा सो बिन्दुको सपोर्टलाई ब्रेक गर्दै बजार २०११.१४मा पुगेको छ।  २०३३.२को बिन्दुमा ओपेनिङ्ग भएको बजारमा १.०८ प्रतिशतको गिरावट आउदा बजारको क्लोजिङ्ग २०११.१४मा हुन पुगेको हो।  
पछिल्लो र्यालीको फ़िबोन्याचि लेभेल ०.५, २०१४मा रोहेकोमा सो बिन्दुमा पनि बजारले सपोर्ट लिन नसक्दा अब बजारले फ़िबोन्याचि लेभेल 0.३८२को बिन्दु टेस्ट गर्न जाने देखिन्छ।  सो लेभेल १९६०को एरियामा पर्दछ।  यस लेभेलले अहिले सम्म धेरै चोटी रेसिस्ट्यान्सको भूमिका खेलेकोले अहिलेको लागि सपोर्ट बन्न सक्ने अनुमान पनि लगाउन सकिन्छ।

Comments

Back to top