कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर भदौ ३ गते, आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । नेप्सेमा यस कम्पनीको १२ लाख १८ हजार ६७५ कित्ता शेयर सूचीकृत भएको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानिय बासिन्दाहरु र कर्मचारीहरुमा समेत वितरण गरेको २ लाख ४३ हजार ७३५ कित्ता आईपीओ शेयर र संस्थापक शेयरधनीहरुले लगानी गरेको ९ लाख ७४ हजार ९४० कित्ता शेयर गरी कुल १२ लाख १८ हजार ६७५ कित्ता शेयर यस दिन नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले १५९ रुपैयाँ ६७ पैसादेखि ४७९ रुपैयाँ १ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ । यही रेञ्जका आधारमा भोली सोमबार कम्पनीको कारोबार खुल्नेछ। नेप्सेले कम्पनीलाई केबीएसएच (KBSH) स्टक टिकर प्रदान गरेको छ ।

Comments

Back to top