नेप्सेमा केही अंकको सुधार, १२ उप-समूहका सूचक सकारात्मक!

बिहिबार नेप्से केही अंकले बढेर बन्द भएको छ। यसदिन नेप्से परिसूचक ८.०१ अंकले बढेर २०३३.१३ विन्दुमा पुगेको छ।

कुल ४० लाख ९ हजार २६३ कित्ता सेयर १ अर्ब ५४ करोड १३ लाख रुपैयाँमा खरिदबिक्री भयो।

कारोबार भएका २७१ कम्पनीमध्ये १३५ कम्पनी उकालो लागेका छन्, ७८ कम्पनी ओरालो लागेका छन् भने १२ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका १२ उप-समुहहरुको सूचक सकारात्मक रहेको छ ।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ रहेकाे छ जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा लक्ष्मी इक्विटी फण्ड रहेकाे छ जसको सेयर मूल्य ७.४३% ले घटेको छ। कारोबार रकमका आधारमा यसदिन सोल्टी होटल लिमिटेड शीर्ष स्थानमा रह्यो। यस कम्पनीको १३ करोड ७१ लाख मूल्य बराबरको सेयर कारोबार भयो। आज सबैभन्दा धेरै भोल्यूममा सोल्टी होटल लिमिटेडकै कारोबार भएको छ।

Comments

Back to top