नेप्सेमा रोकिएन गिरावट, आगामी दिनमा कस्तो अपेक्षा राख्ने ?

२०४४.०५मा ओपेनिङ्ग भएको नेप्सेले इन्ट्राडेमा २०१४.०० को लो बनाएता पनि आजको क्लोजिंग २०.३२को गिरावटका साथ २०२५.१२मा भएको छ।  

बजारमा बैंक ब्याजदर घट्दै जानु र अर्थतन्त्रका सूचकहरु पनि राम्रो हुदै जादा पनि बजारले नकारात्मक हिसाबले प्रतिक्रिया देखाउदा लगानीकर्ता निकै अन्योलमा परेको देखिन्छ।  टेक्निकल्ली बजारलाई नियाल्दा भने बजारमा स्मार्ट मनिको प्रवेश हुने समय आएको देखिन्छ।  २३जुलाई, २०२३मा हालको हाइ २२२७.१६ बन्दा आरएसआइमा बियरिस डाइभर्जेंस देखिएको थियो जसले पाचौ वेभको संकेत पनि गर्दछ र त्यस पश्चात बजारमा निरन्तर करेक्सन देखिएको छ।  
इलिवटको फिफ्थ (पाचौ) वेभ सकिए पश्चात सुरु भएको करेक्सन ९ अगस्त, २०२३को दिन २०१७को बिन्दुमा रोकिएको देखिन्छ।  बजार यस बिन्दुमा रोकिदा सुचकले पछिल्लो र्यालीको फिबोंयाची लेभल ०.५मा सपोर्ट लिएको देखिन्छ।  साथ साथै आरएसआइमा बुलिश डाइभर्जेंस पनि देखिएको छ जसले संग्रहमा बजारमा करेक्सन सकिन लागेको संकेत गर्दछ। 
१ अर्ब ६८ करोडमा सिमित भएको कारोबार रकमले पनि बजारमा यस्तो सस्तो मूल्यमा आफ्नो सेयर बेच्न नचाहने लगानीकर्ताको मानोबिज्ञान रहेको देखिन्छ।  
१५ मे, २०२३को लो(१८१८) देखि २३जुलाई, २०२३को हाइ (२२२७)लाई वेभ १ मानेर २३ जुलाई देखि ९ अगस्तको लो लाई दोस्रो वेभ मन्दा अब आउने र्याली तेस्रो वेभ हुने र त्यसको टार्गेट कम्तिमा पनि २५०० हुने देखिन्छ।  तसर्थ लगानीकर्ताले आफ्नो पुंजी परिचालन गर्न यो समय उत्तम रहेको देखिन्छ।  यस्तो समयमा स्मार्ट मनिले सस्तो मूल्यमा खरिद गर्न फेक बियरिस ब्रेक आउट भइ स्टप लस हन्ट पनि हुने गर्दछ।  

Comments

Back to top