बुधबार पनि नेप्से घटेको छ, २०.३१ अंकको गिरावट!

बुधबार पनि नेप्से उच्च अंकले घटेको छ। यसदिन नेप्से परिसूचक २०.३१ अंकले घटेर २०२५.१२ विन्दुमा झरेको छ।

कुल ४८ लाख ३८ हजार १०६ कित्ता सेयर १ अर्ब ६७ करोड ९९ लाख रुपैयाँमा खरिदबिक्री भयो।

कारोबार भएका २६९ कम्पनीमध्ये ३४ कम्पनी उकालो लागेका छन्, १८५ कम्पनी ओरालो लागेका छन् भने ६ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका सबै उप-समुहहरुको सूचक नकारात्मक रहेको छ ।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा सनराइज फोकस्ड इक्विटी फण्ड रहेकाे छ जसको ४% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा माउटेन् हाइड्रो नेपाल लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ८.०६% ले घटेको छ। कारोबार रकमका आधारमा यसदिन हिमालयन डिस्टिलरी लिमिटेड शीर्ष स्थानमा रह्यो। यस कम्पनीको ८ करोड ४१ लाख मूल्य बराबरको सेयर कारोबार भयो। आज सबैभन्दा धेरै भोल्यूममा कुमारी बैँकको कारोबार भएको छ।

 

 

Comments

Back to top