सिटिजन्स बैंकको सेयर किन्ने मौका,प्रतिकित्ता ११५ रुपैयाँमा नै !

सिटिजन्स बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी शिव बहादुर बस्नेतको नाममा रहेको ६ हजार ३१७ कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरको न्युनतम मूल्य प्रतिकित्न ११५ रुपैयाँ रेहको छ ।

उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आइपुग्ने गरी आवेदन पेशगर्ने सक्नेछन् ।

साथै, तोकिएको अवधिमा सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्तसेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने बैंकले जनाएको छ ।

Comments

Back to top