रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ आज बाँडफाँट हुँदै

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ आज बुधबार बाँडफाँट हुँदै छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार आज साँझ ५.३० बजे सिटिसी मल सुन्धारा, काठमाडौंमा रहेको आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट गर्ने समय तालिका तय भएको छ ।

यसमा मागभन्दा १.८२ गुणा बढी आवेदन परेकाले गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १४ लाख ७७ हजार ८७७ जनाले कुल १ करोड ७४ लाख ८६ हजार २८० कित्ताको लागि आवेदन दिएका छन् । जसमा ९ लाख ६० हजारले सेयर हात पार्नेछन् । 

कम्पनीले साउन २३ गतेदेखि २६ गतेसम्म फेस भ्याल्यू १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २५७ रुपैयाँको दरले सर्वसाधारणका लागि ९६ लाख कित्ता सेयर बिक्री खुला गरेको थियो । 

Comments

Back to top