नेप्सेमा ३१.८० अंकको गिरावट, २०१ कम्पनीको सेयर मूल्य घट्यो!

मंगलबार नेप्से उच्च अंकले घटेको छ। आज नेप्से परिसूचक ३१.८० अंकले घटेर २०४५.४४ विन्दुमा झरेको छ।

कुल ५६ लाख ३ हजार १७९ कित्ता सेयर २ अर्ब १५ करोड ७३ लाख रुपैयाँमा खरिदबिक्री भयो।

कारोबार भएका २७८ कम्पनीमध्ये २० कम्पनी उकालो लागेका छन्, २०१ कम्पनी ओरालो लागेका छन् भने ४ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका १२ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेको छ ।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा इमर्जिङ नेपाल लिमिटेड रहेकाे छ जसको ५.१८ % मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा हिमालयन डिस्टिलरी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ७.६९ % ले घटेको छ। कारोबार रकमका आधारमा यसदिन हिमालयन डिस्टिलरी लिमिटेड शीर्ष स्थानमा रह्यो। यस कम्पनीको २० करोड ५५ लाख मूल्य बराबरको सेयर कारोबार भयो। आज सबैभन्दा धेरै भोल्यूममा शिवम् सिमेन्टसको कारोबार भएको छ।

 

 

 

 

 

 

Comments

Back to top