नेसनल लघुवित्तको नाफा ४०.३६ प्रतिशत घट्यो, इपीएस कति ?

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नेसनल लघुवित्तको खुद नाफा ४०.३६ प्रतिशतले घटेर २१ करोड ५१ लाख ४३ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३६ करोड ७ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेको छ ।

खुद ब्याज आम्दानी सामान्य (०.६० प्रतिशत) ले घटेर ८३ करोड ४२ लाख ६ हजार रुपैयाँमा सीमित भएको छ । सञ्चालन नाफा ४०.३४% ले घटेर २१ करोड ५१ लाख ४३ हजार रुपैयाँमा सीमित भएको छ । नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ ।

प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ६४ पैसाले घटेर १९ रुपैयाँ ८४ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ ७२ पैसा छ। असार मसान्तसम्म आइपुग्दा वितरणयोग्य नाफा १६ करोड ७८ लाख १२ हजार रुपैयाँ छ ।

Comments

Back to top