नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर विक्रीमा

नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयरधनी विशाल ग्रुप लिमिटेडले आफ्नो नाममा रहेको १० लाख कित्ता संस्थापक शेयर विक्रीका लागि कम्पनीमा निवेदन पेश गरेकाले सोही बमोजिम पुनर्बीमा कम्पनीले उक्त शेयर विक्रीमा ल्याएको हो ।

उक्त शेयरको प्रतिकित्ता न्यूनतम मुल्य ३३५ रुपैयाँ तोकिएको छ । शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीले सूचना प्रकाशित मितिले ३५ दिनभित्र आवश्यक कागजात सहित आफूले खरिद गर्न चाहेको शेयर कित्ता र रकम समेत खुलाई कम्पनीको कार्यालयमा पेश गर्न आग्रह गरिएको छ ।

कम्पनीले तोकिएको उक्त म्यादभित्र शेयर खरिदका लागि कुनै निवेदन नआएमा कानुन अनुसार विक्री प्रक्रिया अगाडी बढाईने कम्पनीले जनाएको छ । थप जानकारीको लागि कम्पनीमा सम्पर्क गर्न समेत कम्पनीले भनेको छ ।

Comments

Back to top