नेप्सेमा १४.८१ अंकको वृद्धि, ३ अर्बको कारोबार!

आइतबार नेप्से उकालो लागेको छ। आज नेप्से परिसूचक १४.८१ अंकले बढेर २०८०.८६ विन्दुमा पुगेको छ।

कुल ९७ लाख १८ हजार ७५४ कित्ता सेयर ३ अर्ब १ करोड ८४ लाख रुपैयाँमा खरिदबिक्री भयो।

कारोबार भएका २७१ कम्पनीमध्ये १०० कम्पनी उकालो लागेका छन्, ११७ कम्पनी ओरालो लागेका छन् भने ५ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका ९ उप-समुहहरुको सेयर मूल्य उकालो लागेको छ भने ४ समूहको मूल्य ओरालो लागेको छ ।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा थ्रीस्टार हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको १० % मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ९.९९ % ले घटेको छ। कारोबार रकमका आधारमा यसदिन नेपाल इन्स्योरेन्सको प्रमोटर सेयर शीर्ष स्थानमा रह्यो। यस कम्पनीको ५८ करोड ४५ लाख मूल्य बराबरको सेयर कारोबार भयो। आज सबैभन्दा धेरै भोल्यूममा पनि नेपाल इन्स्योरेन्सको प्रमोटर सेयरकै कारोबार भएको छ।

Comments

Back to top