किन घट्यो कालिका लघुवित्तको नाफा ?

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कालिका लघुवित्तको खुद नाफा ६४.०१% ले घटेर ४ करोड ६२ लाख ४३ हजार रुपैयाँमा सीमित भएको छ । 

अघिल्लो वर्षको यसैअवधिमा यसले १२ करोड ८४ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै खुद नाफा प्रभावित भएको हो । 

त्यस्तै, खराब कर्जा बढेसँगै इम्पेयरमेन्ट चार्ज बढ्दा खुद नाफा प्रभावित भएको हो । खुद ब्याज आम्दानी १३.४८% ले घटेर २५ करोड ५० लाख ५५ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २९ करोड ४७ लाख ९६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 

खराब कर्जा १.०२% ले बढेर ४.१३% पुगेको छ । अघिल्लो वर्षको असार मसान्तमा ३ करोड ८९ लाख १८ हजार रिभर्स रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ४९ लाख २ हजार रुपैयाँ पुगेको छ । नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । 

प्रति सेयर आम्दानी २८ रुपैयाँ ६५ पैसाले घटेर १२ रुपैयाँ ४२ पैसामा आएको छ । 

Comments

Back to top