नेप्से इन्ट्राडे अपडेट: ७.१८ अंकको वृद्धि!

बिहिबार इन्ट्राडेमा नेप्से बजार ७.१८ अंकले बढेको छ।

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म ७.१८ अङ्कले बढेर २०६८.१०  मा आएको हो। आज २ घण्टामा लगभग ७२ करोड ६० लाख बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा नबिल इक्विटी फण्ड रहेको छ भने टप लुजरमा हिमालयन लघुवित्त वित्तिय संस्था लिमिटेड रहेको छ।


                                     

Comments

Back to top