इन्ट्राडे मै ६०अङ्कको रिकभरी, करेक्सन सकिएकै हो त ?

सेयर बजार सूचक नेप्सेले बुधबार दुई हजारको मनोवैज्ञानिक विन्दुलाई परीक्षण गरेको छ । यो विन्दुमा झरेको बजार अन्तिम प्रहरमा भने फराकिलो अंकले बढेको छ । यस दिन नेप्से सूचक ४१.०६ विन्दुले बढेर २०६०.९१ अंकमा आइपुगेको छ । १ अर्ब ८८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनीमा ९ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ ।  

आज बजार पहिलो केहि घण्टामा करेक्सनकै बाटोमा रहेर इन्ट्रा डेमा २०००.३१को लो बनाएता पनि अन्तिम एक घण्टामा खरिदकर्ता सक्रिए हुदा एक घण्टामै बजारले ५३.७७को रिकभरी देखाएको हो।  

२२ सय भन्दा माथि पुगेको नेप्से मौद्रिक नीतिपछि निरन्तरजसो घटेर २ हजारको मनोवैज्ञानिक रेखासम्म झरेको हो । यद्यपि, सूचक बुधबार २ हजारभन्दा तल अर्थात १९ सयको लाइनमा भने झरेन जसलाई सकारात्मक रुपमा लिनु पर्दछ।  

पछिल्लो र्यालीको फ़िबोन्याचि लेभेल ०.५बाट रिकभरी देखाएको बजारमा अब मुमेण्टम क्यान्डल बन्दै गए बजारमा थर्ड वेभ सुरु भएको र बजार बुलिश भएको बुझ्न सकिन्छ भने बजारमा बेस क्यान्डल बन्ने भोल्युम बढ्दै नजाने भए बजारमा करेक्टिभ मुभ आएको बुझ्न सकिन्छ। 

Comments

Back to top