नेप्सेमा उच्च अंकको वृद्धि, ४१ अंकको बढोत्तरी!

बुधबार नेप्सेमा उच्च अंकको वृद्धि भएको छ। यस दिन नेप्से परिसूचक ४१.०६ अंकले बढेर २०६०.९१ विन्दुमा पुगेको छ।

आज २६५ कम्पनीको ५० लाख १० हजार ७१६ कित्ता सेयर १ अर्ब ८८ करोड ८३ लाख रुपैयाँमा खरिदबिक्री भयो।

कारोबार भएका २६५ कम्पनीमध्ये २०० कम्पनी उकालो लागेका छन्, १८ कम्पनी ओरालो लागेका छन् भने २ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका १२ उप-समुहहरुको सेयर मूल्य उकालो लागेको छ ।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको ९.८३ % मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा सेन्चुरी डिबेन्चर २०८८ रहेकाे छ जसको सेयर मूल्य ९.९९ % ले घटेको छ। कारोबार रकमका आधारमा यसदिन आईएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। यस कम्पनीको १५ करोड ५० लाख मूल्य बराबरको सेयर कारोबार भयो। आज सबैभन्दा धेरै भोल्यूममा पनि आईएमई लाइफ इन्स्योरेन्सकै कारोबार भएको छ।

Comments

Back to top