जानकी फाइनान्स कम्पनीले सार्वजनिक गर्यो आव ७९/८० को चौथो त्रैमाससम्मको वित्तीय विवरण !

जानकी फाइनान्स कम्पनीले आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। चुक्तापुँजी ६० करोड ४ लाख रुपैयाँ रहेको कम्पनीले चौथो त्रैमाससम्म ३ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब १४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। कम्पनीको रिजर्भको आकार सामान्य घटेर २९ करोड ८७ लाख रुपैयाँ कायम भएको छ।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ०.६० रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिसम्म ईपीएस १६.३४ रुपैयाँले ऋणात्मक थियो।

 

Comments

Back to top