सेयर बजार २८.४० अंकले घट्याे, सूचक फ़िबोन्याचिको ०.५को लेभलमा !

सेयर बजार अझै पनि सम्हालिन सकेको छैन । मंगलबार कारोबारको अन्तिम प्रहरमा नेप्से थप उच्च अंकले घटेको छ । कारोबार रकम पनि प्रभावित भइरहेको छ । यस दिन नेप्से सूचक २८.४० विन्दुले घटेर २०१९.८५ अंकमा आएर अडिएको छ । बजारले इन्ट्रा डेमा २०१३.३७को लो बनाएर थोरै रिकभर भएको हो।  २०१३को बिन्दु फ़िबोन्याचिको ०.५को लेभल पनि पर्दछ।  आगामी दिनमा यस बिन्दुले सपोर्टको भूमिका निर्वाह गर्ने अनुमान लगाउन सकिन्छ।  
दुई कम्पनीमा सकारात्मक सर्किट लाग्दा १ अर्ब ७३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक घटेका छन् । घट्दो बजारमा कारोबार रकम पनि घट्नुले बजारमा सस्तो मूल्यमा आफ्नो सेयर बेच्ने विक्रीकर्ता घटेको बुझ्न सकिन्छ। 

 

Comments

Back to top